फार्मेसी संघ कास्कीमा साजन

समाधान संवाददाता २०८२ भदौ १५ गते २०:१५

पोखरा । नेपाल फार्मेसी संघ कास्कीको प्रथम भेला तथा अधिवेशनले साजन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । उपाध्यक्षद्वयमा अर्जुन धिताल र नवराज पौडेल, महिला उपाध्यक्ष प्रिया शर्मा, महासचिव सन्तोष शर्मा, सचिवद्वयमा सफल पाण्डे र रामकुमार श्रेष्ठ, महिला सचिव सुनिता पौडेल, कोषाध्यक्ष मिलन क्षेत्री र सहकोषाध्यक्ष विष्णुप्रसाद ढकाल छन् ।

सदस्यमा सुष्मा पोखरेल, संगिता केसी, सागर पुन, नरेन्द्र शाही, राजेश न्यौपाने, विकास खड्का र पवन तिवारी छन् । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पेशागत हकहितका लागि पोखरा महानगरपालिका सधै साथमा रहेको जनाए । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष युवराज भुसालले नयाँ नेतृत्वले फार्मेसी क्षेत्रका हक, अधिकार र पेशागत अधिकारका लागि सक्रिय भूमिका निर्वाह गर्न आह्वानसमेत गरे ।

नेपाल फार्मेसी संघका केन्द्रीय महासचिव सुवर्णराज पन्तले आफ्नो व्यवसायको हकहितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने जनाए । आफ्ना पेशाको हकहितका लागि नेपाल फर्मेसी संघसँग जोडिन आम फार्मेसी संघ, संस्थालाई आग्रह गरे ।

Advertisement

नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका अध्यक्ष विना मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि भूपेन्द्र पौडेल, साजन भण्डारी र सन्तोष शर्माले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया