ऐच्छिक गणित शिक्षकलाई तालिम

पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकलाई नमुना प्रश्न तथा शिक्षक अभिमुखीकरण आयोजना गरिएको छ। कार्यक्रममा सहभागीलाई ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका तथा नमुना प्रश्नको ढाँचा र निर्माण विधिसम्बन्धी जानकारी दिइएको छ ।
कार्यक्रममा डिआर सिम्खडाले पाठ्यक्रम सम्बन्धी प्राविधिक पक्षमा मार्गदर्शन गर्दै विशिष्टीकरण तालिका र प्रश्न निर्माणमा व्यावहारिक अभ्यास गराए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोेकनाथ आचार्यले शिक्षकले पाठ्यपुस्तक पढ्नुअघि पाठ्यक्रमलाई गहिराइमा पुगेर अध्ययन गर्न आवश्यक भएको जनाए ।
उनले यसले अध्यापनमा स्पष्टता ल्याउने र विद्यार्थीलाई सही मार्गदर्शन गर्न सहज हुने विचार राखे । आचार्यले अनलाइन प्लेटफर्म, सरकारी शैक्षिक पोर्टल र विश्वव्यापी स्रोतलाई अध्ययन–अध्यापन प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षकहरूलाई आह्वान गरे ।
गणित शिक्षा परिषद् कास्की अध्यक्ष खगेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा परिषद् उपाध्यक्ष भूमिराज अधिकारी, जिल्ला सचिव ध्रुव पौडेल लगायतले बोलेका थिए ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया