लोमन्थाङमा २८ गतेबाट गल्फ

पोखरा । विश्वकै सबैभन्दा स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । ४ हजार ७ सय मिटरमा अवस्थित आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक ईन्द्रधारा विष्टले आइतबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।
यसपालिको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० गल्फरले सहभागिता जनाउने अपेक्षा छ । नेपालका उत्कृष्ट ४ प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ । जसका विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एमेच्योर खेलका विजेतालाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
अघिल्ला संस्करणमा ९ होलमा सीमित प्रतियोगिता यस पटक १८ होलमा हुनेछ । सर्वाधिक चासोको विषय ‘होल इन वान’ का लागि सजावटसहितको घोडा नै पुरस्कार राखिएको विष्टले बताए । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ ।
यस वर्षको प्रतियोगिता ‘टि फर क्लाइमेट’ भन्ने शीर्षकमा आयोजना हुँदै छ । जलवायु संकटतर्फ विश्वको ध्यानाकर्षण गराउँदै वातावरणीय सचेतना फैलाउने उद्देश्य रहेको उनको भनाइ छ । प्रतियोगितामा ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारको विशेष प्रस्तुति पनि रहनेछ । प्रतियोगि गर्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य भएको छ ।
लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी, सोल्टी पानी लगायतका संस्थाले सघाएका छन् । लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको मनमोहक गल्फ कोर्सका रुपमा स्थापित गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने अभियानसमेत अघि बढाइएको छ ।









कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया