रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सचिवालयको बैठकले ९ आकांक्षीमध्येबाट थापालाई उम्मेदवार घोषणा गरेको हो ।
उम्मेदवार छनोटका लागि रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन मतदानमार्फत सबैभन्दा बढी भोट प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरिएको रास्वपाले जनाएको छ ।
थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । उनले एमबिबिएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका छन् । हाल उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख छन् । त्यस्तै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया