हिलाम्मे सडकले ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ)। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले ठूलो कठिनाइ भोग्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना भनिएको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । बुर्तिवाङदेखि बोबाङसम्म सडक केही सहज भए पनि त्यसपछाडिको खण्ड साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे हुँदा यात्रु तथा पर्यटकका सवारीसाधन आवतजावत गर्न मुस्किल पर्छ ।
वर्षायाममा सडकमा लेदो मिसिएको हिलो र ढुङ्गा थुप्रिँदा मोटरसाइकल र जिपजस्ता सवारी बीच बाटोमै बिग्रने गरेका छन् । सडक साँघुरो भएकाले वस्तुभाउ ढुवानी र मानिसलाई ओसारपसार गर्न पनि निकै सकस हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले भने, ‘यो सडकका कारण हजारौँ नागरिक र आगन्तुकले दुःख पाएका छन् । निर्माण कम्पनीले समयमै काम गरेको भए यो अवस्थामा पुग्दैनथ्यो । हामीले पटक–पटक आग्रह गर्यौँ तर काम अघि बढेन ।’
पर्यटक पनि सडक समस्याले प्रभावित भएका छन् । नवलपुरका तुफान सापकोटाले फल्लेघर तलपट्टीको सडकमा गाडी बिग्रँदा दुई दिनसम्म अलपत्र परेको अनुभव सुनाए । उनले भने, ‘सामाजिक सञ्जालमा देखेका तस्बिर र भिडियो हेरेर ढोरपाटन आएका थियौँ । तर सडकको यस्तो अवस्था छ भन्ने थाहा भएको भए आउने थिएनौँ ।’
बागलुङ खण्डमा विसं २०७१ सालमा सडक ट्रयाक खुलेको हो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर र सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर दूरी रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिने यस सडक स्तरोन्नतिको ठेक्का सम्झौता ४ वर्षअघि भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।रासस









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया