भाष्कर स्मृति प्रतिष्ठानद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित

पोखर । भाष्कर स्मृति प्रतिष्ठानले मादी गाउँपालिका वडा नम्बर ४ घाम्नुङमा हरितालिका तीजको अवसर पारेर जेष्ठ नागरिक सम्मान र तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन मादी-४ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष यम बहादुर सापकोटाले प्रतिष्ठानबारे जानकारी दिएका थिए भने परिकल्पनाकार अमर सापकोटाले साउदी अरबबाट शुभकामना सन्देश पठाएका थिए।
कार्यक्रममा भाट समाज काहुँखोलाका अध्यक्ष श्रीराम रानाभाट, जेष्ठ नागरिक सुकुमाया सापकोटा र तारकाङ पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए। चर्चित कलाकारहरू तुलसी क्षेत्री र कृष्ण भट्टराईले तीज गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।
सो अवसरमा जेष्ठ नागरिकहरू केशव सापकोटा, मंगल बहादुर सापकोटा, बुद्धि बहादुर सापकोटा, कुसुदेवी सापकोटा, देवी सापकोटा, पुतली सापकोटा, सुकुमाया सापकोटा र रसा माया सापकोटालाई सम्मान गरियो।
त्यसैगरी, विद्यार्थीहरू संदिप सापकोटा र अभिषेक सापकोटा, साथै कलाकारहरू तुलसी क्षेत्री र कृष्ण भट्टराईलाई पनि सम्मान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक युवराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सचिव रोशन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया