लेखनाथ सामुदायिक सहकारीको १७ औं साधारण सभा
लेखनाथ। कास्की जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न तीन स्थानमा सेवा केन्द्र स्थापना गरी सञ्चालित लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औँ साधारण सभा सम्पन्न गरेको छ।
साउन २१ गते सुरु भएको साधारण सभा भदौ १४ गते समापन गरिएको थियो। संस्थाले आफ्ना १ हजार २ सय ७ सेयर सदस्यलाई दैनिक रूपमा पालैपालो सहभागी गराएर साधारण सभा सम्पन्न गरेको थियो। यस क्रममा सहकारीले हासिल गरेको आर्थिक प्रगतिका बारेमा जानकारी गराइएको थियो।
सहकारीको अन्तिम दिनको साधारण सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले पोखरा महानगरपालिकाभित्र रहेका ३ सय ६० सहकारीले सहकारीको नीति-नियम पालना गरी आर्थिक कारोबार गरेको भए यस क्षेत्रमा समस्या नआउने ठोकुवा गरे।
संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान लघुवित्त पोखरा शाखाका अधिकृत यमराज कालायोगीले सहकारीले सुरक्षित क्षेत्रको पहिचान गरी आय क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव राखे। यस्तै, नेपाल बचत तथा ऋण सहकारी संस्थाका इन्चार्ज सुरेन्द्र चालिसेले सहकारीहरूले प्रविधिको प्रयोग गर्दै कुरामा होइन, कामबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।
सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद पौडेलले सहकारीको आर्थिक उपार्जनका लागि गरिएका काम र आगामी दिनमा गरिने कार्ययोजनाका बारेमा जानकारी गराए।
संस्थाका सचिव शिव न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी बास्तोलाले धन्यवाद ज्ञापन गरिन्।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया