रन्डरबोल्ट्स पोखराद्वारा रानीवन ट्रेल रन एण्ड हाइक र सरसफाइ

पोखरा ।
युवाहरूको दौड क्लब रन्डरबोल्ट्स पोखराद्वारा भदौ १४ गते ‘रानीवन ट्रेल रन एण्ड हाइक सरसफाइ कार्यक्रम’ भएको छ। दौड र सरसफाइलाई संयोजन गरी आयोजना गरिएको यो कार्यक्रमले शारीरिक तन्दुरुस्तीसँगै वातावरणीय सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।
कार्यक्रमको सुरुवात पोखरा–१७ स्थित ड्यामसाइडबाट भइ, रानीवन हाइकिङ ट्रेल हुँदै पोखरा–२२ को विश्व शान्ति स्तूपमा समापन गरिएको थियो। रन्डरबोल्ट्स पोखरा बेलायतमा स्थापित रनरबोल्ट्स (UK) को नेपाली शाखा हो, जसको स्थापना सन् २०२५ को अप्रिलमा प्रमाणित रनिङ कोच पार्षदमान गुभाजु, धाविका फरिना मगर र सफल लामा मिलेर गरेका थिए।
क्लबले प्रत्येक शनिबार बिहानको दौडमार्फत पोखरामा दौडलाई समावेशी, रमाइलो र नियमित अभ्यासको माध्यम बनाउने उद्देश्य राखेको छ। यो क्लब नयाँ धावकदेखि लिएर अनुभवी खेलाडी, पर्यटक तथा स्थानिय सबैका लागि खुला छ। सरसफाइ कार्यक्रममा सहभागीहरूले ड्यामसाइडमा भेला भएर पञ्जा र फोहोर संकलन गर्ने झोलाहरू लिएर रानीवनको पदमार्ग हुँदै विश्व शान्ति स्तूपतर्फको यात्रा थालेका थिए।
यात्राको क्रममा ट्रेलभरि भेटिएका प्लास्टिकका बोतल, बियरका बोतल, चाउचाउका खोलजस्ता विभिन्न फोहोर संकलन गरिएको थियो। अन्त्यमा जम्मा गरिएको चार झोला फोहोर नजिकैको सरकारी डस्टबिनमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। कार्यक्रमपछि धावक टोलीले जंगलको बाटोभरि प्लास्टिक र खाद्यजन्य फोहोर अत्यधिक देखिएको जनाउँदै पर्यावरण संरक्षणप्रति सचेत रहन सबैलाई आह्वान गरे।
कार्यक्रमका आयोजक तथा रनिङ कोच पार्षदमान गुभाजुले भने, “दौड केवल फिटनेसको कुरा होइन, यो अनुशासन पनि हो। हामीले ट्रेलहरू सफा राख्यौँ भने, वातावरण पनि स्वस्थ रहन्छ, दौड पनि रमाइलो हुन्छ। दौड प्रेरणाको लागि हो, सफा सुरक्षा हो।”
रन्डरबोल्ट्स पोखराले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। क्लबको विश्वास छ — दौडमार्फत व्यक्तिको स्वास्थ्य मात्र होइन, समाज र प्रकृति पनि सन्तुलित र प्रेरणादायी बनाउन सकिन्छ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया