पोखराबाट भुटानको पारोसम्म सिधा चार्टर उडान हुने

पोखरा ।
पोखराबाट भुटानको पारोका लागि सिधा चार्टर उडान हुने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले भुटान एयरलाइन्ससँगको सहकार्यमा पोखरा–पारो सिधा चार्टर उडान सुरु गर्न लागेको हो । यो उडान २०२५ सेप्टेम्बर २८ अर्थात असोज १२ गतेबाट सुरु हुनेछ । त्यसपछि १६ गते, २० गते र २४ गतेको उडान पनि पक्का भएको छ ।
युटिटिले होटल बाराही, पोखरामा मंगलबार एक कार्यक्रम आयोजना गरी यो सेवाको औपचारिक सुरुवातको जानकारी दिने जनाएको छ । दिउँसो ४:३० बजेदेखि सुरु हुने कार्यक्रममा ट्राभल एजेन्टहरुसँग अन्तरक्रिया र उत्पादन प्रस्तुति गरिनेछ । विशिष्ट अतिथिहरुको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिने युटिटीले बताएको छ ।
युटिटिका अनुसार यो चार्टर उडानले नेपाल र भुटानबीचको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले पर्यटकहरुलाई दुवै देशका प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
युटिटिले यस विशेष चार्टर उडानको माध्यमबाट पोखरा र पारोबीच सीधा हवाई सम्पर्क स्थापना गरी दुवै क्षेत्रको पर्यटनलाई थप टेवा पुर्याउने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले जनाए । यसका लागि ट्राभल एजेन्ट, पर्यटक र सरोकारवालाहरुबाट सकारात्मक प्रतिक्रिया आउने विश्वास युटिटिले व्यक्त गरेको छ ।










न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया