मनाङ प्रदेश (२) मा प्रदेश सभा उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता खुल्ने

पोखरा । मनाङ क्षेत्र नम्बर १ को २ मा रिक्त प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको छ। निर्वाचन आयोगले भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ।
आयोगले आज एक सूचना जारी गर्दै राजनीतिक दलहरूलाई भदौ १९ देखि २५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। मनाङ १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि यो पद रिक्त भएको थियो।
उपनिर्वाचन प्रयोजनका लागि दलहरूले आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र निवेदन पेस गर्न सक्नेछन्। निवेदनसँगै राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ।
दल दर्ताका लागि दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विस्तृत विवरण संलग्न गर्नुपर्नेछ।
यसका साथै, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमुना पनि आवश्यक पर्नेछ। संविधानको धारा २६९ (४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्रसमेत अनिवार्य गरिएको आयोगले स्पष्ट पारेको छ।
नयाँ दल बनेका वा एकआपसमा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरणसमेत समावेश गर्नुपर्नेछ। थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया