टेलिकमको फोरजी सेवा लमजुङका दुर्गम क्षेत्रमा विस्तार

पोखरा । नेपाल टेलिकमले लमजुङ जिल्लाका दुर्गम क्षेत्रसम्म उच्च गतिको मोबाइल र इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित जीएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरेको छ। यस विस्तारले ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई सञ्चार सुविधामा सहज पहुँच पुर्याएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष पहलमा टेलिकमले लमजुङका सन्जापु, उदीपुर ड्यामसाइट, मनाङे चौतारा, भिरपुस्तुन र ओखरीजस्ता बस्तीहरूमा जीएसएम सेवा थप गरी प्रविधि विस्तारको काम सम्पन्न गरेको हो। वर्षा यामका चुनौतीहरूका बाबजुद पनि क्होलासोथार, मध्यनेपाल, सुन्दरबजार, बेँसीशहर, मर्स्याङ्दी, दोर्दी, राइनाससहित आठवटै स्थानीय तहमा सञ्चार प्रविधि स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख राममणि लटौलाले बताए।
लमजुङको क्होलासोँथर गाउँपालिकाको मालिङ, मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा र सिउरुङमा पनि जीएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तारको तयारी भइरहेको छ। टेलिकम लमजुङका कार्यालय प्रमुख लटौलाले यी क्षेत्रमा पनि एकचरणको सर्भे भई काम अघि बढाइएको बताए। विगतमा गुणस्तरीय सेवा नभएको गुनासो आइरहेकाले सञ्चार मन्त्री गुरुङको पहलमा यी क्षेत्रमा जीएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम लमजुङले जनाएको छ।
‘सञ्चारको अधिकार, पहुँच सबैका लागि’ भन्ने नारालाई सार्थक बनाउने दिशामा जिल्लामै पहिलो पटक महत्वपूर्ण काम भएको स्थानीयवासीले बताएका छन्। टेलिकमका अनुसार, फोरजी सेवाले शिक्षण सिकाइ, टेलिमेडिसिन, आपतकालीन सूचना प्रणाली, कृषि तथा साना उद्यमहरूमा प्रत्यक्ष सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसले लमजुङका ग्रामीण क्षेत्रहरूमा सूचना प्रविधिमा आधारित समावेशी विकासको ढोका खोलेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवम् पूर्व प्रदेश सांसद धनञ्जय दवाडीले बताए।
टेलिकमको यस प्रविधि विस्तारपछि लमजुङका दुर्गम क्षेत्रका बासिन्दाहरूले उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय मोबाइल सेवा उपयोग गर्न पाउने भएका छन्। यसले ग्रामीण क्षेत्रका शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र आर्थिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षाका साथ काम गरिएको सञ्चारमन्त्रीका स्वकीय सचिव विक्रम न्यौपानेले बताए। नेपाल टेलिकमले भविष्यमा थप स्थानहरूमा सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ।
विगतमा दुर्गम बस्तीहरूमा गुणस्तरीय सञ्चार सेवा अभाव रहेको गुनासो व्यापक थियो। अहिले जीएसएम फोरजी सेवाको पहुँचपछि ग्रामीण बासिन्दाहरूले पहिलोपटक उच्च गतिको इन्टरनेट र विश्वसनीय मोबाइल सेवा अनुभव गर्न पाएको टेलिकमले जनाएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया