जन्मदिनमा स्टेसनरी प्रदान

पोखरा ।
समाजसेवी विश्वमोहन गौचनले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । उनले आफ्नो ८६ औं जन्मदिनको सन्दर्भमा अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा रहेको संगम माध्यमिक विद्यालयलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजसेवी गौचनले आफ्नो जन्मदिनमा हरेक वर्ष शिक्षा, स्वास्थ्य, वातावरण र समाजसेवाका क्षेत्रमा सेवामूलक गतिविधि गर्दै आएका छन् । अघिल्लो वर्ष आफैंले अध्यापन गरेको पाउँदुर आधारभूत विद्यालयलाई सहयोग गरेकोमा यो पटक संगम माविमा आएको उनको भनाइ छ ।
वडा ६ लुम्लेका वडाध्यक्ष एकदेव देवकोटाले गौचनले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएका विविध आयामबारे चर्चा गर्दै सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरे । सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरुङले गौचनप्रति आभार व्यक्त गरे ।
लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटाले विश्वमोहन गौचनलाई नाम एक पहिचान अनेक भएका प्रतिभाका रूपमा चिनाए । प्रधानाध्यापक रीता खनालले कविता गाउँ लुम्लेका संरक्षकबाट प्राप्त सहयोगले विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यार्थीलाई सहयोग पुग्ने जनाइन् । विद्यालयका सहायक प्रधानाध्यापक टंकप्रसाद देवकोटाले गौचनको जीवनयात्रा पछिल्लो पुस्ताका लागि प्रेरणादायी बनेको धारणा राखे ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया