नोमाड बेसक्याम्प

पोखरा ।
नेपाल पर्यटन बोर्ड र सारङ सर्भिसेसद्वारा आयोजित नोमाड बेसक्याम्प नेपाल पोखरामा भएको छ । नेपालमा पहिलो पटक विश्वभरका डिजिटल नोमाड, उद्यमी र नवप्रवर्तकको भेला पोखरामा भएको हो ।
कार्यक्रममा विश्वका विभिन्न भागबाट आएका १८ वक्ताको सहभागिता थियो । कार्यक्रमसँगै सहकार्य, नेटवर्किङ र ज्ञान–विनिमयमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको सहभागीहरुले जनाएका छन् ।
पोखरा पर्यटन परिषद्को सहकार्यमा भएको कार्यक्रममा प्रविधि साझेदारमा क्लक बी टेक थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘नेपाल अनचार्टेडः द डिजिटल फ्रन्टियर’ विषयक सम्बोधनमार्फत् कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रममा कृत्रिम बुद्धिमत्ता, रिमोट वर्क, दिगो पर्यटन, नवप्रवर्तन तथा डिजिटल समुदायको भविष्य लगायतका विषयमा छलफल भएको थियो ।
विभिन्न सत्रमा जोन ली डुमास, जोनाथन फोल्ट्ज, डेनी, जोनाथन, जोन ली डुमास, क्रेग, एलोइज, अनुप गुरागाईं, ब्राड इप्पो, फियोना लेडल, क्रेग अल्सप, एलोइज स्टिन, जर्ज कात्सियोरस, रोब पाल्मर, सचिन डाँगी लगायतले विभिन्न प्रस्तुति राखेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया