प्रजनन स्वास्थ्य सचेतना अभियान

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबारदेखि किशोर किशोरीलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान थालेको छ । पोखरा महानगरपालिका वडा नं. २५ को सहयोग तथा समन्वयमा हेमजा स्थित गौरीशंकर माध्यामिक विद्यालयबाट अभिायन सुरु गरिएको हो ।
कास्कीका ४ गाउँपालिका २/२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्की सभापति नवीन सिग्देलले जानकारी दिए ।
‘यो अभियान स्थानीय सरकार तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग मिलेर गर्ने लक्ष्य लिएका छौं,’ सिग्देलले भने । अभियान पोखरा महानगरका प्रवक्ता तथा वडा नं. २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले सुरुआत गरे । उनले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा किशोरकिशोरीले खुलेर जानकारी लिने थलो यो अभियान हुने अपेक्षा गरे ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले चासो र जिज्ञासा भएमा स्रोत अभाव नहुने बताउँदै अभियानमा स्वास्थ्य महाशाखा हातेमालो गरेर जाने उल्लेख गरे । प्रदेश जनस्वास्थ्य कार्यालय कास्की प्रमुख रामबहादुर नेपालीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा राख्न नसक्दा कतिपय किशोरकिशोरी मानसिक रोगको शिकार हुने गरेको बताउँदै यस्ता खालका अभियान जरुरी भएको जनाए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्की शाखाका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल ‘आभाष’ र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा २५ सभापति मधुसुदन त्रिपाठी र गौरीशंकर माविका सहायक प्रधानाध्यापक मानबहादुर कार्कीले बोलेका थिए ।









एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया