सहारा स्कुललाई सिटीस्टारको साथ

पोखरा ।
बसपार्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटिस्टारले एउटा सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरीको समन्वयमा लायन ठाकुरप्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको हो ।
सोही क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्रतिबद्धता गरेअनुसार विद्यालयलाई १ लाख रुपैयाँको आफ्ना स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोषमार्फत छात्रवृत्ति प्रयोजनका लागि चेक प्राप्त भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले बताए ।
समाजसेवी तथा बाबा फाउन्डेसनका संस्थापक दिलीपराज श्रेष्ठमार्फत बालबालिका तथा वातावरणको क्षेत्रमा कार्य गर्ने बाबा फाउन्डेसनले उक्त कार्यक्रममा ४ थान डस्टबिन प्रदान गरेको थियो । विद्यालयका अध्यक्ष थकालीले प्रदान गरिएका सामग्री सही रूपमा प्रयोग गर्ने आशा व्यक्त गर्दै अक्षयकोषदाता मन्त्री बिन्दुकुमार थापासहित सहयोगदातालाई दिए ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले हरेक क्षेत्रमा स्थानीय तह सहयोग र सहकार्य गर्न तत्पर हुनुपर्ने बताउँदै सहयोगी दातालाई यहाँहरूको सहयोगमा वडाले पनि आवश्यक अवस्थामा सहकार्य गर्न सदैव तत्पर रहेको बताए ।
लायन्स क्लब फिस्टेल सिटिस्टारका अध्यक्ष सवनम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गोपालबहादुर अधिकारी, लायन्स फस्ट लेडी विष्णु बराल, पूर्व जनप्रतिनिधि किशोर बरालले बोलेका थिए । २ सय ४० विद्यार्थी अध्ययन गर्ने विद्यालय नर्सरीदेखि ८ कक्षासम्म पढाइ हुन्छ । सो क्लबका सचिव सविता शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया