पोखरामा ओमोडा र जेकुको नयाँ शोरुम सञ्चालन

पोखरा ।
पोखराको शिवचोक–१० मा नयाँ ओमोडा एण्ड जेकु शोरुम सञ्चालनमा आएकाे छ । ३–एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहितको शाेरुम ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले सञ्चालनमा ल्याइएको हाे ।
कार्यक्रममा नयाँ जेकु जे–५ पनि सार्वजनिक गरिएको छ। झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो शोरुमले ग्राहकहरूलाई एउटै स्थानमा सवै सेवा उपलब्ध गराउँछ। जेकु जे–५ मा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरु छन्।
नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको जेकु जे–५ गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ।
नयाँ शोरुम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान उद्देश्य रहेकाे ईलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले बताए । जेकु जे ५ अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने मिशनको प्रतीक रहेकाे उनकाे भनाइ छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया