ओझा समूहको दाबी : स्वभाविक र समावेशी समूह भएकाले जित्छौँ

पोखरा ।
लेखनाथ क्षेत्रका उद्योगी, व्यवसायी नयाँ नेतृत्व चुन्ने तयारीमा छन् । पोखरा महानगरपालिका (साविक लेखनाथ)का ८ वडा र कास्कीको रुपा र मादीका उद्योगी, व्यवसायी यही भदौ २० र २१ गते हुने निर्वाचनबाट लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्व चुन्दै छन् ।
संघको २९ औं साधारण सभा तथा १५ औं अधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारी छुट्टाछुट्टै प्यानलसहित मैदानमा छन् । संघका २ हजार १९ मतदाताले नयाँ नेतृत्व चुन्दै छन् । संघका अध्यक्षका उम्मेद्वार ओझाको समूह ५ प्रतिबद्धता र ६ विशेष योजनासहित मतदातामाझ छ ।
आफू र आफ्नो समूहको उम्मेद्वारी स्वभाविक र समावेश भएकाले जित पक्का भएको ओझा दाबी गर्छन् । ‘संघमा संवद्ध भएको २८ वर्ष भयो । उपसमिति संयोजक, कार्यसमिति सदस्य, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै यसपालि अध्यक्षको उम्मेदवार बनेको छु,’ उनी भन्छन्, ‘मेरो र मेरो टिमको उम्मेदवारी स्वभाविक हो । करिब ३ दशकको संघको क्रियाशीलतालाई मतदाताले मूल्यांकन गर्नेमा म ढुक्क छु ।’
ओझा उनी एक कार्यकालमा एक विशेष महोत्सव गर्ने योजना सुनाउँदै स्थानीय उत्पादनको प्रवद्र्धन, बजार विस्तार र कृषि, पर्यटन प्रबद्र्धनमामार्फत लेखनाथलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन योगदान दिने वाचा गर्छन् । ओझाको टिमबाट वरिष्ठ उपाध्यक्ष उम्मेदवार बनेका उपेन्द्रराज सुवेदी (राजु) एक दशकअघि संघमा एसोसियन सदस्य बनेदेखि नै क्रियाशील रही सदस्य, उपमहासचिव, महासचिव, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष उम्मेदवार बनेकाले मतादाताले विवेक प्रयोग गर्नेमा ढुक्क छन् ।
यो समूहबाट प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरजकुमार श्रेष्ठ, महासचिवका जीवन तिवारी, उपमहासचिव लक्ष्मीप्रसाद ढुंगाना (एलपी) र कोषाध्यक्षमा टीकाराम सापकोटा मैदानमा छन् । खुला सदस्यमा कृष्णप्रसाद सुवेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ र भीमप्रसाद सुवेदी (सन्तोष) छन् ।
महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुवेदी तिवारी, एसोसियट सदस्यमा प्रवेश बन्जारा र संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेदवारी दिएका छन् । लेखनाथका उद्योगी, व्यवसायीको निर्वाचन नजिकिँदै गर्दा यहाँ राजनीतिक दलहरुको समर्थन पनि देखिएको छ ।
ओझाको समूहमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीहरु चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस निकट व्यवसायी भने बाँडिएका छन् । ओझा समूहमा पनि कांग्रेसनिकट केही व्यवसायीसमेत छन् र केही अर्को समूहमा समेत छन् । जानुका अधिकारीको समूहका उम्मेदवारहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट छन् । पछिल्लो समय स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्म एमाले र नेपाली कांग्रेसको गठबन्धन रहेकाले लेखनाथ उद्योग वाणिज्य संघमा पनि मतदाताले सोही अनुसार विवेक प्रयोग गर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार राजु बताउँछन् ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया