प्रदेशसभा सचिव पोखरेलको ५ वर्षे कार्यकाल सकियो, सचिवालयले गर्यो बिदाइ

पोखरा, भदौ २० गते। गण्डकी प्रदेशसभा सचिवालयका संस्थापक सचिव हरिराज पोखरेलले पाँच वर्षे कार्यकाल पूरा गरी बुधबारबाट अवकाश लिएका छन्। पोखरेललाई बुधबार प्रदेशसभामा एक कार्यक्रमका बिच बिदाइ गरिएको छ।
तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई विसं २०७७ भदौ १९ गते प्रदेशसभा सचिवमा नियुक्त गरेका थिए। उनले भदौ २२ गते पद तथा गोपनीयताको शपथ लिएर आफ्नो जिम्मेवारी सम्हालेका थिए। सभामुख कृष्णप्रसाद धिताल र उपसभामुख बिनाकुमारी थापाको उपस्थितिमा पोखरेललाई बिदाइ गरिएको हो।
पोखरेलले आफ्नो पाँच वर्षे कार्यकालमा बेरुजु शून्य राखेर वित्तीय अनुशासनको उत्कृष्ट नमुना प्रस्तुत गरेको दाबी गरे ।

कार्यालय आउँदा सरकारी गाडी ग १ झ ३४५ प्रयोग गर्ने पोखरेलले बिदाइपछि भने प्रदेश सभा सचिवालय ऐन २०७७ को दफा १३ (३) अनुसार ७ दिनसम्म सरकारी सुविधा पाउने व्यवस्था भए पनि निजी सवारी साधन ग २ च ६०५ आफैँ चलाएर घर फर्किए।
विदाइ कार्यक्रममा सभामुख कृष्णप्रसाद धितालले सचिव पोखरेलको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उनको अनुभव र सुझावले प्रदेशसभालाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे । उपसभामुख विनाकुमारी थापाले पोखरेललाई शुभकामना दिँदै भनिन्, ‘विदाइको यो क्षण मिश्रित भावनासहितको हो । उहाँले निर्वाह गर्नुभएको भूमिका सराहनीय छ, आगामी यात्रामा निरन्तर सफलताको शुभकामना छ ।’
पोखरेलले आफ्नो कार्यकालमा साथ–सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रदेश र जनताको हितमा आफू सधैं सक्रिय रहने प्रतिवद्धता जनाए ।
उनको सफल कार्यकालले गण्डकी प्रदेशसभा सचिवालयमा सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रदेशसभा सचिवालयले जनाएको छ।











पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया