लुम्लेमा कविता पार्क बन्दै

पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीबार आयोजित समारोहमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी पार्क शिलान्यास गरे ।
अध्यक्ष केसीले हरेक मान्छेसँग विशेष क्षमता हुने भएकाले जसले क्षमता प्रदर्शन गर्न सक्छ सोही व्यक्ति सबैको प्यारो हुने बजनाए ।
उनले कवि विनोद गौचनलाई विशेष क्षमताका प्रतिभाका रूपमा चिनाए । केसीले राज्य व्यवस्था परिवर्तनदेखि, सामाजिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गरेका विभूति र सहिदको योगदान स्मरणका लागि पालिका सहिद र विभूति पार्क निर्माणमा अगाडि बढेको जानकारी गराए ।
उनले थपे, ‘लुम्लेवासीका लागि गायक प्रवीण गुरुङ र कवि विनोद गौचन जस्ता सुनाम प्रतिभाको स्मरण गौरवको विषय भएकाले यस वर्षबाट पालिकाले दुवै स्रष्टाको स्मृति विशेष कार्यक्रमका लागि वार्षिक बजेटको व्यवस्था गरेको छ ।’ अन्नपूर्ण वडा ६ का वडाध्यक्ष एकदेव देवकोटाले विनोद गौचनले अंगालेको बाटो समातेर हिँड्दै गर्दा पार्क निर्माणको अवस्थासम्म आइपुगेको बताए ।
उनले कविता गाउँका प्रणेता गौचनको अर्धकदको सालिकसहितको पार्क निर्माणमा गौचन परिवारले पु¥याएको साथ र सहयोग स्तूत्य रहेको धारणा राखे । कविता गाउँ लुम्लेका संस्थापक अध्यक्ष भक्तिराम देवकोटाले आफूँले रोपेको बिऊ अंकुराएको देख्न पाउँदा मन गद्गद् भएको सुनाए ।
समितिका संस्थापक महासचिव सुनील देवकोटाले समाजसेवी चिनबहादुर केसीबाट दान प्राप्त ४ आना २ पैसा १ दाम जग्गामा २६ लाख २५ हजार लागतमा कविता पार्क निर्माण गर्न लागेको जानकारी दिए । उनले लुम्लेमा अर्को पर्यटकीय गन्तव्य थपिएको धारणा राखे ।
कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले समितिले अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढाएको बताए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया