नाट्टा गण्डकीद्वारा नेपालगञ्जमा अन्तरक्रिया

पोखरा ।
पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटनका सन्दर्भमा बुधबारदेखि अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आज लुम्बिनी प्रदेशको नेपालगञ्जमा त्यहाँका पर्यटनसम्बद्ध अधिकारी एवम् पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियाको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री न्यौपानेले प्रचुर पर्यटकीय सम्भावना रहेका दुबै प्रदेशबीच एक आपसमा पर्यटकीय विकासका लागि सहकार्य आवश्यक भएको बताए । दुबै गन्तव्यको पर्यटकीय विकासका लागि भैरहबा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संयुक्त पहल आवश्यक हुने उनले बताए ।
कार्यक्रमका सभापति एवम् नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले अन्तरप्रदेश पर्यटन प्रवद्र्धन मार्फत पर्यटकीय विकासका लागि साझेदारी बढाउन लागिएको बताए । साझेदारी भएमा दुबै प्रदेशले पर्यटनबाट राम्रो फाइदा लिन सक्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले पर्यटनको विकासका लागि सुरक्षा महत्वपूर्ण पाटो रहेको बताउँदै पर्यटकहरूलाई स्वतन्त्र रुपमा घुमफिर गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त सिंहले उपमहानगरपालिका स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने कुरामा निरन्तर लागिरहेको बताए ।
पर्यटकीय विकासका लागि सहकार्य एवम् साझेदारी आवश्यक हुनेमा उनले जोड दिए । उद्योग वाणिज्य संघ बाँकेका महासचिव भीमबहादुर रानाभाटले भारतीय धार्मिक पर्यटकको आकर्षण बढाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको सभापतित्व एवम् महासचिव चेतन कार्कीद्वारा सञ्चालित कार्यक्रममा द्वितीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राजेश पहारीले स्वागत गरेका थिए भने धन्यवाद सहित समापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गरेकी थिइन्।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया