कर्मचारीका लागि तालिम सुरु

समाधान संवाददाता २०८२ भदौ १९ गते १६:४८

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीले तालिम सदुपयोग गरी कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई अनुरोध गरे ।


उनले कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने आंैल्याउँदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यस प्रकारका तालिमहरु फलदायी हुने विश्वास व्यक्त गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेल र प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले पनि बोलेका थिए ।


प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीका लागि ३० कार्यदिने सेवाकालीन तालिम तालिमको उद्देश्य सार्वजनिक निकायको सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउनु र प्रशिक्षार्थीको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्नु हो । तालिममा विभिन्न विषयवस्तुमा १ सय २० सत्र रहने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया