काठमाडौंमा प्रहरीको नयाँ नियम
राति वा बिहान सबेरै कुकरमा सिटी लगाउनेलाई जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाउनेलाई जरिवाना गर्ने चेतावनी प्रहरीले दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान’ सुरु गर्दै यस्तो सूचना सार्वजनिक गरेको हो । कार्यालयले सर्वसाधारणलाई यस्तो कार्य नगर्न आग्रह गर्दै ध्वनि प्रदूषणले गम्भीर असर पार्ने भएकाले सजग हुन आग्रह गरेको छ ।
प्रहरीको भनाइमा गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकामा अत्यधिक ध्वनिले मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकूल असर गर्छ । साथै, यसले सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्नुका साथै दैनिक जीवनका सामाजिक र आर्थिक गतिविधिलाई समेत प्रभावित पार्ने भएकाले यस्तो अभियानको थालनी गरिएको हो ।
सूचनामा भनिएको छ, ‘राति अबेर शौचालय फ्लस गर्दा आवाज कम गर्नुपर्छ, बिहान सबेरै कुकरमा सिटी नलगाउनुपर्छ, भान्सामा भाडाकुडा बजाएर ठूलो ध्वनि उत्पन्न गर्नु हुँदैन ।’ त्यस्तै, राति ठूलो स्वरमा गफगाफ नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम तीव्र आवाजमा नचलाउन, ढोकाको बेल अनावश्यक रूपमा नबजाउन, संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान खोक्दा वा खकार्दा सचेत रहन समेत अनुरोध गरिएको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने चेतावनी दिएको छ । साथै, छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया