रेबान पोखराको ३१ औं वार्षिक साधारणसभा

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर सोही अनुसारको पूर्वाधारमा लगानी गरिरहेको जनाएका छन् । तीन तहकै सरकारसहित विदेशी दाताबाट पनि लगानीको वातावरण बन्दै गएको उनको भनाइ छ।
बिहीबार पोखरामा भएको रेस्टुरेन्ट एन्ड वार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको ३१ औं वार्षिक साधारणसभामा उनले पोखरा आउने पर्यटकले यहाँको समग्र क्षेत्रमा फाइदा पुग्ने बताए । त्यसैले पोखरामा भएको नेचर, कल्चर र एड्भेन्चरको सन्तुलित रुपमा बिक्री हुनुपर्नेमा उनको जोड छ ।
‘हामीसँग भएको नेचर, कल्चर र एड्भेन्चरको फरक फरक खालका प्रोडक्ट छ । तर, हामीले बेच्न सकेका छैनौ,’ आचार्यले भने, ‘आधा दिन ट्याक्सीमा घुम्यो भने पोखरा सकियो भन्छौं । आफूले कति जानेको छ, त्यो भनेपछि सकियो । त्योभन्दा माथि उठेर हामीले काम गर्नुपर्ने छ ।’
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिगो र दीर्घकालीन पर्यटनका लागि रैथाने संस्कार, संस्कृति र खानामा ध्यान दिनुपर्ने बताइन् । उपभोक्ता हित संरक्षणका लागि सबै मिलेर जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । पर्यटन क्षेत्रले पर्यटकको अभिलेख राख्दै सुरक्षाका अंगहरुसँग समन्वय गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा पर्यटन सचिव ईन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन नीति बनाउँदै गरेको बताए । यसको मस्यौदाको काम चलिरहेकाले पर्यटन क्षेत्रका विज्ञ र पर्यटन व्यवसायीसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।
रेवानका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, रेवान पोखराका अध्यक्ष विश्वनाथ पौडेल, द्वितीय उपाध्यक्ष विकास भट्टराईलगायतले पर्यटन क्षेत्र आर्थिक चलायमानको एक पाटो भएकाले राज्यले सोही अनुसारको नीति बनाएर जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपालमा ५ तारे होटलको पहिलो जिएम किशोरराज पाण्डेलाई सम्मान गरिएको थियो । पाण्डेकै सुझावमा पोखरामा रेवान स्थापना गरिएको र पोखराको पर्यटन क्षेत्रमा टेवा पु¥याएको भन्दै उनलाई सम्मान गरिएको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचले सुनाए । सोही कार्यक्रममा सडक महोत्सवका संयोजक द्वितीय उपाध्यक्ष विकास भट्टराई, महोत्सवमा सहयोग गर्ने विभिन्न सहयोगी संघ, संस्था तथा संस्थामा आवद्ध भएका नयाँ व्यवसायीलाई स्वागत एवं सम्मान गरियो ।
सभामा महासचिव वीरेन्द्र शेरचनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशनजंग कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया