पोखरा काठमाडौंको यात्राका लागि शुभ अधिकारीको एसी सोफा बस

समाधान संवाददाता २०८२ भदौ २० गते १५:२९

पोखरा । शुभ अधिकारी ट्राभल्सले यात्रुको सुविधालाई मध्येनजर गरी एसी सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शुभ अधिकारी ट्राभल्सले बुधबारदेखि पोखरा काठमाडौं यो बस सञ्चालन गरेको हो ।

पोखरा ५ का ज्येष्ठ नागरिकद्वय विमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा बस सेवा सुरुआत गरे । बरालले शुभ अधिकारी ट्राभल्सले समयको माग अनुसार बसहरु सञ्चालन गर्दै आएको बताए । तिमिल्सिनाले शुभ अधिकारीले सुविधासम्पन्न बस सञ्चालन गर्ने बेलादेखि नै आफूले नजिकबाट नियाल्दै आएको बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टुर्स एन्ड ट्राभल्सले ३० वर्ष अगाडिदेखि पोखरा बागलुङबाट बस सञ्चालन सुरु गरी अहिले नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा समेत बस सञ्चालन गर्दै आएको बताए । कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम अधिकारीले समयको माग अनुसार पोखरादेखि काठमाण्डौसम्म पर्यटकीय बस सञ्चालन गर्ने उद्देश्य अनुसार २०७२ सालदेखि पर्यटकीय बस सञ्चालन गर्दै आएको जनाए ।

Advertisement

यो बसको भाडा १ हजार २ सय रुपैयाँ तोकिएको छ । त्यसमा यात्रुले सोफा सिट, स्लिपर सिट, एसी, ब्लांकेट, मोबाइल चार्जर, खाजा र पानीको सुविधा पाउने छन् । ३७ सिट, ४ वटा स्लिपर रहेको यो बस २ करोड ५० लाखमा सञ्चालनमा ल्याइएको हो । बस पोखराबाट साँझ ७ बजे र बिहान ७ बजे र काठमाडौंको साँघुबाट पौने ७ बजे छुट्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया