सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार एकराजलाई

पोखरा । सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् । पोखरा यातायात प्रालिको सातौ वार्षिक साधारण सभामा गिरीलाई सम्मान गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायतले गिरीलाई सम्मान गरेका हुन् । पुरस्कारको राशि २५ हजार, सम्मापत्र र दोसल्ला छ ।
पोखरा २४ कास्कीकोटमा जन्मेका गिरीले २०६० देखि पत्रकारिता सुरु गरेका हुन् । पोखरा हटलाइन दैनिक, गोरखापत्र दैनिक, रेडियो गोर्खाली, पोखरा एफएम लगायत आधा दर्जन सञ्चार माध्यममा काम गरिसकेका गिरी हाल सफल न्युज डटकमको कार्यकारी सम्पादक र सफल न्युज सम्ताहिकको प्रकाशक/सम्पादक छन् ।
गिरी यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार, तत्कालीन जिल्ला विकास समितिबाट प्रदान गरिने वर्ष उत्कृष्ट पत्रकार पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् । प्रेस क्लब गण्डकी अध्यक्षसमेत रहेका गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष, प्रेस चौतारी कास्कीको पूर्वकोषाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्की पूर्वसदस्य हुन् ।
पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल संयोजक, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ र प्रबन्ध सञ्चालक देवीप्रसाद कुँइकेल सदस्य रहेको प्रतिभा छनोट समितिले गिरीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । सम्मानित पत्रकार गिरीले पुरस्कारले आफूलाई उलर्जा र हौसला थप्नुका साथै पेशाप्रति थप जिम्मेवार बनाएको बताए ।
पोखरा यातायात प्रालिको बिहीबार भएको सातौं वार्षिक साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक पौडेलले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भए पनि सेवा दिइरहेको बताए । उनले पोखरा यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेको धारणा राखे । उनले पोखरा यातायात प्रालिले दुर्गम क्षेत्रमा समेत यातायात सुविधा दिइरहेको उल्लेख गरे ।
पोखरा १६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहहार अमृत शर्मा तिमिल्सिनाले पोखरामा २ सयदेखि २ सय ५० यात्रुबहाक बस पर्याप्त हुने भए पनि ८ सयभन्दा बढी बस सञ्चालित रहेको बताए । केही निकायको सहकार्यमा पोखराको यातायात व्यवस्थापन सुव्यवस्थित गर्ने तयारी भइरहेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्यामा परेको बताए । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, पत्रकार कमल पौडेल अथक, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष देवीराज थिङ लगायतले बोलेका थिए ।
सो अवसरमा चालक जुनबहादुर गुरुङ, सहचालक रोशनकुमार गुरुङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरुङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरीमध्ये सुमना थापामगर र क्रिसल पौडेललाई सम्मान गरिएको थियो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेल र सञ्चालन कम्पनी सचिव जीवन पौडेलले पनि बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया