लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक
संभावनाको खोजी गर्दै आर्थिक उपार्जनमा लागौं : ढकाल

लेखनाथ, २० असार ।
लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा एवं १५ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जे चिजको संभावना छ सोही चिजको खोजी गरी आर्थिक उपार्जनतर्फ लाग्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।
उनी वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै, ‘निष्ठा, इमानदारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव छ’ भन्दै औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राख्दै केन्द्रीय स्तरबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना नै भएको बताए । उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राख्दै पर्यटनको प्रचुर संभावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै संभावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयातलाई विस्थापित गर्ने कार्ययोजना अनुसार अघि बढ्न सुझाव दिँदै उद्योग र चाडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिने धारणा राखिन् । उनले व्यवसायिक दृष्टिकोण विकासमा नेतृत्व वर्गले साना व्यवसायीको हितमा काम गर्नुपर्ने सुझाव प्रस्तुत गर्दै पर्यटकीय संभावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकासमा जोड दिइन् ।
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले विसं २०७८ सालमा स्थापना गरिएको ‘चन्द्र लक्ष्मी जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पीठाधीश एवं पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरियो । पुरस्कार राशी रू. १ लाख १ हजार रहेको छ । चयन समितिका सदस्य रविन्द्र माकाजुले पुरस्कार सम्बन्धी जानकारी संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले प्रस्तुत गरेका थिए ।
सोही अवसरमा, संस्थाका पूर्व सदस्य कृष्णप्रसाद ढुंगानाले स्थापना गरेको वातावरण पुरस्कार यस वर्ष ढुक्क टोली लेखनाथलाई प्रदान गरियो भने सुर्यमणि लामिछानेले स्थापना गरेको आर्थिक पत्रकार पुरस्कार यस वर्ष पत्रकार सुरेन्द्र पौडेललाई प्रदान गरियो । पुरस्कारको राशी १५ हजार ८८ रहेको छ । साथै लेखनाथ उद्योग वाणिज्य संघले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई प्रदान गरियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघतर्फका उपाध्यक्ष हेमराज ढकाल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडानम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, कास्की जिल्ला समन्वयका अध्यक्ष लिलाधर बराल, नेपाल उद्योग वाणिज्य गण्डकी प्रदेशका अध्यक्ष अमृत भटटचन, सिन्धुली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अम्रेशकुमार वैदार, नेकपा माओवादीका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाकोनाककी अध्यक्ष गंगा कुमारी खनाललगायतले संघका सदस्यहरूलाई उत्पादनमा लाग्न आग्रह गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरे भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।
लेउवा संघमा दुई समूहबीच निर्वाचन हुँदै
लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको कार्य सम्पन्न हुने भएको छ । संघको १९ औं साधारण सभा तथा १५ औं अधिवेशन अन्तर्गत भदौ २१ गते शनिबार बिहान ७ बजेदेखि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न पदका ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आ–आफ्नो टिमबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यवसायिक संस्थामा राजनीति गर्नु हुँदैन भने पनि भित्रभित्रै राजनीतिक आस्थाका आधारमा उम्मेदवारी दर्ता गरिएको छ । ओझा समूहलाई नेकपा एमाले, केही कांग्रेस निकट, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिएका छन् भने जानुका समूहलाई कांग्रेस र नेकपा माओवादीको साथ छ ।
संस्थागत सदस्य पदका उम्मेदवार विरभद्र कंडेल दुवै समूहका साझा उम्मेदवार भएकाले उनी निर्विरोध भएको निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् । निर्वाचन मण्डलको सदस्यमा हरी त्रिपाठी र राजेश भटटाई रहेका छन् ।
उम्मेदवारको नामावली
ओझा समूह
- अध्यक्ष : राजेन्द्र ओझा
- वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी (राजु)
- प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ
- द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ
- महासचिव : जिवन तिवारी
- उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना (एल.पी.)
- कोषाध्यक्ष : टिकाराम सापकोटा
महिला सदस्य
- सपना सुवेदी
- लक्ष्मी ठाकुर (सुनार)
खुला कार्यसमिति सदस्य
- भीमप्रसाद सुवेदी (सन्तोष)
- घनश्याम ढुंगाना
- किशोर अधिकारी
- कृष्णप्रसाद सुवेदी
- नवराज पौडेल
- सन्तोष हमाल
- शिवराज अधिकारी
- सुरेन्द्र गुरुङ
एशोशियट सदस्य
- प्रवेश बञ्जरा
जानुका समूह
- अध्यक्ष : जानुका अधिकारी पराजुली
- वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला
- प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य
- द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई (आई.डी.)
- महासचिव : भरतराज ओझा
- उपमहासचिव : गंगा कुमारी मल्ल
- कोषाध्यक्ष : हरि वस्ताकोटी
महिला सदस्य
- सर्मिला श्रेष्ठ
- गंगा सापकोटा परियार
खुला कार्यसमिति सदस्य
- भविन्द्र पुन (भविन)
- बीरेन्द्रराज भुर्तेल
- दिपक अधिकारी
- कृष्णप्रसाद तिमिल्सिना
- प्रतिक्षा रानाभाट
- प्रभा कुमारी पौडेल लामिछाने
- सन्दिप बुढाथोकी
- सुजन न्यौपान
एशोशियट सदस्य
- दयाराज भण्डारी







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया