पृथ्वी होटल व्यवसायी समितिको साधारण सभा तथा अधिवेशन

पोखरा । पृथ्वी होटल व्यवसायी समिति पोखराको १३ शौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन शुक्रबार भएको छ । कार्यक्रममा पत्रकार गोविन्द सुवेदीलाई पृथ्वी पत्रकारिता सम्मान २०८२ बाट सम्मान गरियो । नमस्ते गेष्ट हाउसका सञ्चालक महेश ज्ञवालीलाई उत्कृष्ट होटल सम्मान प्रदान गरियो ।
समारोहका व्यवसायीका छोरा छोरी डा विजय पाण्डे, राहुल निउरे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेले अधिवेशन उद्घाटन गर्दै पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछिको अवस्थामा सबै व्यवसायमा विगतको भन्दा फरकपन हुनुपर्ने बताए ।
‘होटल लगायतका सबै पर्यटन क्षेत्रका व्यवसायीले दिदै आएको सेवामा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘पर्यटन तथा आतिथ्यता क्षेत्रबाट गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भएमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।’ उनले सेवाको गुणस्तरीयतामा सुधार गरे । व्यवसाय दिगो हुने तर्क गरे ।
उनले पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायीसँग सहकार्य गर्ने उल्लेख गरे । ४६ औं विश्व पर्यटन दिवस महाउत्सवको रुपमा मनाउने जानकारी दिदै उनले पोखरामा हुने केन्द्रीय स्तरको कार्यक्रमले पर्यटन राजधानीको माहौल बन्ने तर्क गरे ।
होटल व्यवसायी महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोख्यालले पाहुनाको स्वागत गास र बासको व्यवस्था गर्ने होटल व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्नु पर्ने बताए । उनले सोंच र चेतनालाई उच्च बनाएर गुणस्तरीय, जिम्मेवार र मर्यादित व्यवसाय गर्नु पर्ने खाँचो औल्याए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले पर्यटन र आतिथ्यता क्षेत्र पोखराको आर्थिक क्षेत्रको मेरुदण्ड भएको जानकारी दिइन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले होटल व्यवसायीहरुको संस्थागत तथा व्यवसायिक हक हितको लागि चेम्बर सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराई, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत), सचिव शोभाकान्त चापागाई, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायतले बोलेका थिए । २०६६ सालमा स्थापना भएको समितिमा २ सय व्यवसायी आबद्ध छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया