सरस्वती आदर्श विद्याश्रमले दियो ६ स्कुललाई ३२ कुर्सी

समाधान संवाददाता २०८२ भदौ २० गते १९:४६

पोखरा । पोखरा १९ लामाचौर स्थित सरस्वती आदर्श विद्याश्रमले शुक्रबार वडाका ६ वटा आधारभूत विद्यालयलाई ४८ हजार लागतमा ३२ थान कुर्सी हस्तान्तरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा नं. १९ का वडा सदस्य दुर्गा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग प्रदान गरिएको हो ।

विद्यालयले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । पोखरा १९ मा अवस्थित गायत्री आधारभूत विद्यालयलाई ७ थान, भूमेश्वर आधारभूत विद्यालय, अकला आधारभूत विद्यालय, धारा आधारभूत विद्यालय, शिवेश्वरी आधारभूत विद्यालय र हिमालयन आधारभूत विद्यालयलाई ५÷५ थान कुर्सी हस्तान्तरण गरिएको हो ।

विद्यालयले लामाचौर तिज मेलाको अवसरमा आयोजित लोकनृत्य प्रतियोगिता २०८२ मा सान्त्वना, ऐतिहासिक बाटुलेचौर मेला २०८२ को अवसरमा आयोजित लोकनृत्य प्रतियोगितामा द्वितीय, संस्कृतिकर्मी लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा आयोजित ११ औ“ स्मृति दिवसको अवसरमा आयोजित लोकनृत्य प्रतियोगिता २०८२ मा द्वितीय स्थान प्राप्त गरी पुरस्कारस्वरूप प्राप्त गरेको नगद उपयोग गरी सहयोग गरिएको हो ।

Advertisement

सामूहिक रूपमा पुरस्कारस्वरूप प्राप्त गरेको नगद विभिन्न क्षेत्रमा सहयोगस्वरूप हस्तान्तरण गर्दै आएको विद्यालयका प्राचार्य वृmष्ण गुरुङले जनाए । कार्यवक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा नं. १९ लाई शैक्षिक रूपले समृद्ध बनाउनका लागि सामुदायिक तथा निजी विद्यालयबिच आपसी सहकार्य, उदारता र सहयोगी भावनामा वृद्धि हुनुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया