अप्लायन्स ब्रान्ड बेकोका सामानमा दसैं–तिहारमा ४२ हजारसम्म छुट

काठमाडौं । युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्ड बेकोले दसैं–तिहारको अवसर पारेर आफ्ना उपभोक्ताका लागि ‘परम्परा खुसीयाली, ब्लिसफुल दसैं यसपालि’ नामक आकर्षक अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत उपभोक्ताले बेकोका उत्पादन खरिद गर्दा ४१ हजार ४ सय रुपैयाँसम्मको बचतका साथै विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
सिजी इलेक्ट्रोनिक्सले नेपालभरका आफ्ना सोरुम तथा अधिकृत बिक्रेता नेटवर्कमार्फत यो अफर उपलब्ध गराएको छ । कम्पनीका अनुसार उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उपकरण खरिद गर्दा ठूलो आर्थिक लाभ लिन सक्नेछन् । बेकोका उत्पादनमा १०० प्रतिशत स्पेयर पाट्र्स उपलब्धता र सेवा ग्यारेन्टीका साथै १२ वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध रहेको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
यस योजनाअनुसार बेकोको वासिङ मेसिन खरिदमा ६ किलोग्रामको एरियल डिटर्जेन्ट, डिस वासर खरिदमा २ प्याकेट डिसवासर ट्याब्लेट उपहार स्वरूप पाइनेछ । त्यस्तै, रेफ्रिजेरेटर खरिद गर्ने ग्राहकले आकर्षक नगद छुट र मायाडियाको फ्यान हिटर प्राप्त गर्नेछन् । फ्री स्ट्यान्डिङ ओभन खरिदमा सीजीको प्रेसर कुकर र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराइएको छ ।
बेकोले होम विज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरू बजारमा ल्याएको छ, जसले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउने कम्पनीको दाबी छ ।
उपभोक्ताको सुविधाका लागि सीजी इलेक्ट्रोनिक्सले शून्य प्रतिशत ईएमआई (किस्ताबन्दी) र एक्सचेन्ज सुविधा पनि लागू गरेको छ । ग्राहकले नागरिकताको आधारमा बिना झन्झट शून्य प्रतिशत ईएमआईमा सामान खरिद गर्न सक्नेछन् । साथै, पुराना घरायसी सामानहरूलाई उचित मूल्याङ्कनमा एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध छ । यो विशेष अफर भदौ १९ गतेदेखि नेपालभरका सबै सीजीका शोरुमहरू र आधिकारिक बिक्रेताहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया