दशैँ, तिहारलाई सेन्साइको अफर

पोखरा । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्ड ‘सेन्साइ’ ले यसपालिको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्ष्य गर्दै उपभोक्ताहरूलाई विशेष उपहार योजना ल्याएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले सेन्साइको कुनै पनि घरायसी सामानहरूको खरिदमा २५ प्रतिशत सम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बम्पर उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन् । यो उपहार योजनामा सहभागी हुन ग्राहकहरूले सेन्साइका सामान खरिदपश्चात् विज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरी आफ्नो विवरण भरि पठाउनु पर्नेछ ।
यस योजनाअन्तर्गत, ४३ इन्चसम्मको टिभीको खरिदमा आकर्षक क्यास ब्याक तथा सोभन्दा माथिको टिभीको खरिदमा साओमीको पोर्टेबल स्पिकर पाउन सक्नुहुनेछ । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउन सक्नुहुनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनमा ३ केजी एरियल र फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउन सक्नुहुनेछ । यी सामानहरू तपाईँहरूले सजिलै शून्य प्रतिशत ईएमआईमा बिना झन्झट केवल नागरिकताको भरमा लिन सकिन्छ भने पुराना घरायसी सामानहरूसँग पनि उच्च मूल्यांकनमा एक्सचेन्ज गर्न सक्नेछन् ।
सेन्साइको टिभीको खरिदमा ९ महिनाको निशुल्क नेट टिभीको सदस्यता पनि पाइन्छ । सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परालाई निरन्तरता दिएको छ । यसपालि पनि दशैँ–तिहारमा ग्राहकले खरिदसँगै अतिरिक्त खुशी पाउनेछन् । यो अफर भदौ १९ गतेदेखि नेपालभरका सबै सिजीका शोरूमहरू तथा आधिकारिक बिक्रेताहरूमा उपलब्ध छ ।









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया