शिक्षण र बुटिकपछि ‘ड्रागनफ्रुट’ खेतीमा रमाएकी कल्पना गौली

दमौली । व्यास नगरपालिका २ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट)खेती गरेकी छन् । उनले व्यास नगरपालिका ५ ढोडेनीमा सिउँडीफलको खेती गरेकी हुन् ।
१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत ३ वर्षदेखि कृषितर्फ आकर्षित भएकी हुन् । माँ अम्बे अलौकिक कृषि फार्म दर्ता गरी उनले व्यावसायिक रूपमा ड्रागनफ्रुट खेती गरेकी छन् । ९ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनको भनाइ छ ।
बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उनको भनाइ छ । ९ रोपनीमध्ये ७ रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख आम्दानी भएको थियो ।
यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा ८ लाख ५० हजार आम्दानी भइसकेको छ । ड्रागन बिक्रीका लागि बजारको समस्या छैन । गौली भन्छिन्, ‘यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।’
आँबुखैरेनीको हाटबजारमा ३ सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ । दमौली बजारका व्यापारीहरूले पनि स्थानीय स्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाइ छ । उनी भन्छिन्, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।’
ऋषिङ गाउँपालिका १ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ । उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको ५ सय २५ पोलमा ड्रागन लगाएकी छन् । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्युटावर निर्माण गरिएको छ ।
सिउँडी फलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ । रासस









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया