फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको साधारण सभा

समाधान संवाददाता २०८२ भदौ २१ गते १६:३७

पोखरा।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको शनिबार २२ औं साधारण सभा भएको छ। संघका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो। उनले नभएका उद्योगलाई काम नदिने योजना रहेको बताए। सञ्चालन गरिएको पाइएमा २ लाख सम्म जरिवाना गरिने उनको भनाइ छ।

संघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद तिवारी, केन्द्रीय सल्लाहकार पिताम्बर अधिकारीले बिना भएका उद्योगलाई कारबाही गरिनुपर्ने तथा नियमित अनुगमन गर्नुपर्ने बताए। व्यवसायीहरूले कसरी व्यवसाय गरिरहेका छन् त्यस तर्फ पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

Advertisement

संघका महासचिव परमेश्‍वर दवाडीले फर्निचर तथा कच्चा पदार्थ ढुवानीका समस्यालाई सम्बन्धित निकायलाई जानकारी गराउने तथा सहजीकरण गरिने बताए। कास्कीमा रुपमा सञ्चालन भएका फर्निचर उद्योगलाई निरूत्साहित गर्ने तथा प्रक्रियामा ल्याइएको जानकारी दिए। सामान बरामद गर्न पोखरा महानगरपालिकाले सहयोग गरेको उनको भनाइ छ।

संघका कोषाध्यक्ष राजेन्द्र पण्डितले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आर्थिक वर्ष २०८१/८२ मा संघले १५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए।

Advertisement

फर्निचर महासंघका केन्द्रिय अध्यक्ष युवराज पाैडेलले फर्निचर उद्योगलाई रोजगारी दिने प्रमुख क्षेत्रका रुपमा अगाडि बढाउन सकिने बताए । केही जिल्लामा नियम संशोधन भए पनि अझै पनि पुरानै नियम लागू भइरहेको बताउँदै उनले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाए। वन नियम र कच्चा पदार्थ सम्बन्धी कानुनी प्रावधानबारे उद्योगी–व्यवसायीलाई स्पष्ट जानकारी हुनुपर्ने उनले बताए।

स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले विद्यालय तहमै सिपमूलक शिक्षा सुरु गर्नुपर्नेमा जोड दिए। ‘नेपालमा फर्निचर क्षेत्रमा आत्मनिर्भर बन्ने सम्भावना राम्राे छ । प्राविधिक दक्षता अभावका कारण उद्योगले अपेक्षित स्तरमा प्रगति गर्न सकेको छैन,’ पाैडेलले भने।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विज्ञापनदातालाई सम्मान गरिएको थियो। कार्यक्रममा महासंघका तृतिय उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पाेखरा चेम्बर अफ कर्मसका अध्यक्ष उमराज बास्ताेला, सव डिभिजन वन कार्यालय कास्कीका अधिकृत काेमलराज काफ्ले, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ गण्डकीका अध्यक्ष हिरामणी पण्डित, वन पैदावार कास्कीका अध्यक्ष नरबहादुर गुरुङ लगायतकाे उपस्थिती थियाे ।

तपाईको प्रतिक्रिया