खौलालाँकुरी पोखरा सम्पर्क समाजको कार्यक्रममा ४८ युनिट रगत संकलन

पोखरा । खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।
रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’
समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए ।
समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए । उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए । समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए ।
कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया