पोखराबाट माओवादीले पुनः थाल्याे मध्यपहाडी राजमार्ग अभियान

पोखरा ।
नेकपा (माओवादी केन्द्र) ले पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गरेको छ ।
शनिबार दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।
सहिद खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए । उनकी छोरी सर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन्।
साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो ।
अध्यक्ष प्रचण्डले सहिदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए। उनले ’जनयुद्ध’लाई महान् क्रान्ति भन्दै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न सफल भएको बताए ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको उल्लेख गरे।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो।









इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
६४ युनिट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया