गण्डकी गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ समुदायको प्रमुख पर्व छोनाम न्वागीको अवसर पारेर पालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंका अनुसार भदौ ६ गते बसेको कार्यपालिका बैठकले न्वागी पर्वलाई सम्मान गर्दै पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
चापागाईंले भने, ‘चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते सामूहिक रुपमा छोनाम न्वागी मनाउँदै आएका छन् । नयाँ अन्नबाली भित्र्याएर उपभोग गर्नु अघि प्रकृति देवी–देवता, पितृ र कुललाई चढाउने परम्पराअनुसार यो पर्व मनाइन्छ । त्यसैले पालिकाले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’
पालिकाले आज सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र अन्य संघ–संस्थाहरु बन्द हुने जानकारी गराएको छ । यो जानकारी प्रमुख प्रशासकीय अधिकृत चापागाईंको हस्ताक्षरसहितको सूचनामा उल्लेख गरिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया