आम जनता पार्टी कास्कीको २५ सदस्यीय जिल्ला समिति गठन

पोखरा । प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । शनिबार पोखरामा सम्पन्न प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको हो ।
घोषित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सहसचिवमा पवित्रा मल्ल र कोषाध्यक्षमा रेखा परियार चयन भएका छन् । सदस्यमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन विक, अनिता कोइराला, अनिता विक, रेणु थापा र श्यामसुन्दर यादव रहेका छन् ।
भेलाको उद्घाटन पार्टीका केन्द्रीय सहअध्यक्ष तिलक थापाले गरेका थिए । त्यहाँ बोल्दै सहअध्यक्ष थापा मगरले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार र बेथिति चुलिएको बताउँदै अहिलेकै व्यवस्थाले जनताको मुक्ति सम्भव नभएकाले आम जनता पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको दाबी गरे । उनले भने, ‘आम जनता पार्टी मात्रै जनपक्षीय र राष्ट्रवादी पार्टी हो । हामी उत्पीडित जनता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने भएकाले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गर्छौं ।’
उनले कांग्रेस–एमाले गठबन्धनमा बनेको केपी ओली नेतृत्वको सरकार जनविरोधी र राष्ट्रघाती गतिविधि गर्दै आएको आरोप लगाउँदै पार्टीले निरन्तर भत्र्सना र खबरदारी गरिरहेको बताए । उनका अनुसार आम जनता पार्टीसँग देशको भविष्य निर्माण गर्ने दृष्टिकोण र विकासको मार्गदर्शन गर्ने छुट्टै सिद्धान्त छ ।
त्यस्तै, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले पार्टीले ‘आइटी आर्मी’ गठन गरेको उल्लेख गर्दै, भ्रष्टाचार र लुटतन्त्रलाई नियन्त्रण गर्न यसले निर्णायक भूमिका खेल्ने दाबी गरे ।
कार्यक्रममा प्रदेश सहअध्यक्ष रामजी गुप्ता, कास्की जिल्ला इञ्चार्ज सन्तोष शाह, प्रदेश सचिव विमल काडेल, आइटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभाग अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडेरेसन नेपालका प्रदेश इञ्चार्ज हरि थापालगायतले आफ्नो धारणा राखेका थिए ।
अर्जुन केसीको अध्यक्षतामा भएको भेलामा महिला मोर्चा गण्डकी प्रदेश इञ्चार्ज सीता सुवेदीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रदेश प्रवक्ता सूर्यबहादुर गुरुङले गरेका थिए ।
सोही अवसरमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका अन्य राजनीतिक दल छाडेर करिब एक दर्जन नेता तथा कार्यकर्ता आम जनता पार्टीमा प्रवेश गरेका थिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया