गण्डकीमा मनाइयो निजामती सेवा दिवस

पोखरा । कास्कीको जिल्ला समन्वय समितिको सभाहलमा आइतबार निजामती सेवा दिवस २०८२ विविध कार्यक्रमसहित मनाइएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरुङ प्रमुख अतिथि रहेका समारोहमा उनले कर्मचारीलाई निर्धक्क भएर सेवा प्रवाह गर्न आग्रह गर्दै संघ–संगठनले भनेजस्तो शंका नगर्न सुझाव दिए । उनले भने– ‘कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने कसैले बाधा पुर्याउँदैन, शंका होइन आत्मविश्वाससहित सेवा प्रवाह गर्नुपर्छ ।’
गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव रमेश ढकालको अध्यक्षतामा सम्पन्न समारोहमा सुरक्षा निकायका प्रमुख, प्रदेश सचिव, आयोगका पदाधिकारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, निर्देशनालय र विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी, कास्कीका कार्यालय प्रमुख र कर्मचारी, सेवा निवृत्त कर्मचारी, पूर्व कर्मचारी परिषद्का पदाधिकारी, संघ–संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो ।
प्रदेशका कर्मचारी संघ–संगठनले राज्यका नीतिगत मार्गदर्शनअनुसार जिम्मेवार, उत्तरदायी र जनमुखी प्रशासन निर्माणमा योगदान गर्न कर्मचारीहरुलाई प्रेरित गर्ने दिनको रूपमा यस दिवसको महत्त्व रहेको बताएका छन् । कार्यक्रममा सहभागी संघ–संगठनले वर्तमान सरकारद्वारा गरिएको संगठन सर्वेक्षण र खारेज भएका निकायबारे शंका प्रकट गर्दै कर्मचारीको वृत्ति विकास र सेवा प्रवाहमा संकुचन आउने आशंका पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा सेवा निवृत्त जेष्ठ नागरिकलाई सम्मानपत्र वितरण गरियो । ‘गोधुलीको सन्देश’ पुस्तक लोकार्पणसमेत भएको समारोहमा विभिन्न कर्मचारी संघ–संगठनका अध्यक्षहरुले शुभकामना मन्तव्य दिए । गण्डकी प्रदेश विभागीय अध्यक्ष प्रदिपचन्द्र सुवेदीले भने, ‘निजामती सेवा दिवसले जिम्मेवार, उत्तरदायी र जनमुखी प्रशासन निर्माणमा कर्मचारीलाई प्रेरित गरोस् । सार्वजनिक चाखमा संवेदनशीलता बढोस्, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि होस् र सूचना प्रविधिको प्रयोगमा निरन्तर उचाइ हासिल गर्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना छ ।’
समारोहसँगै अन्य कार्यक्रम पनि सञ्चालन भए । निजामती कर्मचारी युनियन, कास्कीको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन गरियो । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले आयोजना गरेको सप्ताहव्यापी फुटसल प्रतियोगिताका विजेता टोलीलाई प्रमाणपत्र, मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरियो भने नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिताका विजेताले प्रमाणपत्र र नगद पुरस्कार पाए । रक्तदाताहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभकामना व्यक्त गरेका थिए । समापन भाषणमा निमित्त प्रमुख सचिव रमेश ढकालले सहभागी सबैलाई धन्यवाद दिँदै दिवस मनाउनुको औचित्यबारे प्रकाश पारे । स्वागत मन्तव्य आन्तरिक मामिला तथा सञ्चार सचिव ध्रुब गिरीले दिए भने सञ्चालन उपसचिव लक्ष्मीभद्र वाग्लेले गरे ।










सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया