फोटोग्राफर संघ गण्डकीको सातौं स्थापना दिवस, पोखराका देवानन्द पोखरेल उत्कृष्ट

पोखरा ।
फोटोग्राफर संघ गण्डकीले आफ्नो सातौं स्थापना दिवस शनिबार विशेष कार्यक्रमका साथ मनाउँदै मिराज राष्ट्रिय वैवाहिक तथा नेचर एण्ड ल्याण्डस्केप फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा सार्वजनिक गरेको छ ।
१८६ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा वैवाहिक विधा अन्तर्गत पोखराका युवा फोटोग्राफर देवानन्द पोखरेलले उत्कृष्ट पुरस्कार जिते । उनलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
संस्थाले फोटोग्राफरलाई सम्मान, प्रविधि सम्बन्धी ज्ञान र व्यवसायिक उत्साह जगाउन, साथै मनोबल बढाउन प्रतियोगिता आयोजना गर्दै आएको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल रहेका थिए । उनले सम्बोधनमा भने, ‘फोटोग्राफीका चुनौती र सम्भावनामा महासंघ सधैं सकारात्मक रुपमा लागिपरेको छ । गण्डकी संघ देशभरिका फोटोग्राफरका लागि प्रेरणाको स्रोत बनेको छ ।’
वैवाहिक विधामा ६ उपविधामा उत्कृष्ट घोषित भएका फोटोग्राफरलाई पुरस्कार प्रदान गरिएको थियो । ब्राइड एण्ड ग्रुम हेडसटमा नन्दु श्रेष्ठ, बेष्ट कलरिङ एण्ड रिटचिङमा मोहन महतो, बेष्ट मोमेन्ट क्याप्चरिङमा नारायण पौडेल, बेष्ट कपल पोजिङमा नन्दु श्रेष्ठ र ट्रिपिकल कल्चरमा प्रेम बहादुर अर्यालले पुरस्कार पाए ।

त्यस्तै कपल पोजिङमा प्रदीप श्रेष्ठ, श्रेष्ठ फोटो, उन्नती फोटो र महेन्द्र केसी उत्कृष्ट बने । ब्राइड एण्ड ग्रुम हेडसटमा मोहन महतो, महेन्द्र केसी, पुरन थापा र सुवास पौडेल पुरस्कृत भए । बेष्ट मोमेन्ट क्याप्चरिङमा किशोर सुनार, सानुकाजी महर्जन, विष्णुहरी अधिकारी र विकास ठकुरीले पुरस्कार पाए । ट्रिपिकल कल्चरमा देवानन्द पोखरेल, नारायण पौडेल, प्रेम श्रेष्ठ र श्रेष्ठ फोटो चयन भए भने बेष्ट कलरिङ एण्ड रिटचिङमा पूर्णदत्त भट्टराई, भुवन श्रेष्ठ, प्रेम श्रेष्ठ र उन्नती फोटो विजयी भए ।
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता अन्तर्गत विभिन्न जातजाति, धर्म र संस्कृतिको पहिचानलाई प्राथमिकतामा राखी पुरस्कार दिइएको प्रतियोगिताका अक्षयकोषदाता भक्त बहादुर तामाङले बताए । उनले र बृहस्पति तामाङले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको जानकारी दिए ।
नेचर एण्ड ल्याण्डस्केप विधामा काठमाडौंका नन्दु श्रेष्ठ उत्कृष्ट बने । उनले १० हजार १ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस विधामा सजिनमणि पौडेल, लक्ष्मीपति पौडेल, सुवास पौडेल, कृतन पोखरेल, रमेश श्रेष्ठ, बव शाही, सफल पौडेल, समिर रेग्मी लगायत अन्य फोटोग्राफर उत्कृष्ट घोषित भए ।
निर्णायक मण्डलका संयोजक दुर्गाप्रसाद पौडेलले छनोट प्रक्रिया बारे जानकारी दिए भने प्रतियोगिता संयोजक जीवन ढुंगानाले सहभागीता र फोटोबारे प्रष्ट पारे । उनका अनुसार फेसबुक र गुगलफर्ममार्फत आएका १ हजार ५ सय फोटो प्रतियोगितामा समावेश भएका थिए ।
कार्यक्रममा फोटो कन्सर्न काठमाडौंका प्रवन्ध निर्देशक दिनेश अर्याल, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, चितवन फोटोग्राफी संघका अध्यक्ष हरि पन्त, अक्षयकोषदाता भक्त बहादुर तामाङ, संस्थाका सल्लाहकार गणेशलाल श्रेष्ठ, पर्वत संयोजक बिजय शर्मा जैसी, नवलपुर संयोजक कुशल अधिकारी, मुस्ताङ संयोजक शुसिलबाबु थकालीलगायत अतिथी उपस्थित थिए ।
स्थापना दिवसको अवसरमा म्याग्दी र गोरखा फोटोग्राफर संघलाई बधाई र सम्मान गरिएको थियो । साथै भारतको पटनामा आयोजना हुन लागेको बिहार एक्स्पोको ब्यानर पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो । महासचिव प्रेमप्रसाद पराजुलीले सञ्चालन गरेका थिए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया