गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा अधिवक्ता गोविन्द पौडेल नियुक्त भएका भएका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई सोमबार नियुक्त गरेका हुन् ।
नेपालको संविधान धारा १९५ को प्रावधान अनुसार भट्टले उनलाई नियुक्त गरेका हुन् । तलब तथा सुविधा भने प्रदेश कानुन अनुसार तय हुने संविधानमै उल्लेख छ । त्यसै अनुसार २०७७ मा प्रदेश सभा ऐन पारित भएपछि सचिव नियुक्ति गरिएको थियो । त्यसअघि कर्मचारीले नै सचिवको काम गर्दै आएका थिए ।
कास्कीको भलामा घर भएका अधिवक्ता पौडेलको नाम अघिल्लो कार्यकालमा पनि प्रदेश सभा सचिवका लागि चर्चामा थियो । उनी माओवादी निकट क्रान्तिकारी कानुन व्यवसायी संगठनसँग आबद्ध थिए ।
सचिव हरिराज पोखरेलको ५ वर्षे कार्यकाल पूरा भएपछि उक्त पद रिक्त थियो । २०७७ भदौ १९ मा पोखरेल नियुक्त भएका थिए । प्रदेश सभा सचिवको पदावधि ५ वर्ष र तलब र सुविधा प्रदेशको प्रमुख सचिव सरह हुन्छ ।









फेवाताल पुर्नेलाई कारबाही माग
प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया