काठमाडौंमा जेनजी संसद भवन प्रवेश गर्न थालेपछि प्रदर्शनमा हवाई फायर, कर्फ्यू आदेश जारी

काठमाडौँ ।
सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र बेथिति विरुद्ध ‘जेनजी’ पुस्ताले सोमबार नयाँ बानेश्वरमा गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यू आदेश जारी गरेको छ । मध्याह्न १२:३० बजेदेखि राति १०:०० बजेसम्मका लागि लागू हुनेगरी बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको हो ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाए ।
जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको थियो । नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रहरी स्रोतका अनुसार, प्रदर्शनकारीहरूमाथि लाठीचार्ज समेत गरिएको थियो ।










माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया