मंसिरको तेस्रो साता पोखरामा व्यापार मेला

पोखरा। पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो ।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ ।
संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै पोखरा उद्योग वाणिज्य संघले नेपालमै पहिलोपटक २०४२ सालमा मेलाको आयोजना गरेको थियो । त्यसलाई २०४९ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम दिइयो भने २०५२ सालमा पोखरा महोत्सवको आयोजना भयो ।
त्यसयता संघले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ अन्य संघ संस्थाहरुसँग समन्वय गर्दै हस्तकला मेला–२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला – २०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा– २०६२, महिला उद्यमी मेला २०६८, २०७० र २०७४,२०७६ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि २०७६ आयोजना गर्यो । कोभिडले रोकिएको मेलालाई संघले २०७९ साल देखि पुनः निरन्तरता दिँदै आइरहेको छ ।
संघकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संकरणको मेलामार्फत् उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरुको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवद्र्धन र उद्यमशिलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया