विश्वदर्शन पराजुलीले एमालेको साधारण सदस्यता र सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा

पोखरा । युवा नेता विश्वदर्शन पराजुलीले नेकपा (एमाले) को साधारण सदस्यता र पार्टीका सबै सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘यतिबेला पारिवारिक दुःखमा सुनवलमा छु’ भन्दै आफ्नो राजनीतिक यात्राको अन्त्य र पार्टी परित्यागको जानकारी गराएका हुन्।
पराजुलीले आफ्नो पार्टी र पार्टीले नेतृत्व गरेको सरकारले ‘जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिनँ’ भन्दै राजीनामाको कारण स्पष्ट पारेका छन्। उनले २०६५ सालदेखि बुझाएको पार्टी सदस्यता शुल्क केही लोभियापी सिनियरहरूले खाइदिएपछि २०७१ सालदेखि लिएको आफ्नो पार्टी सदस्यता ११ वर्ष पुगेको बताएका छन्। यस्तै, २०६७ सालदेखि प्रत्यक्ष राजनीतिमा १५ वर्ष टेकेको पनि उनले उल्लेख गरेका छन्।
आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग दिने सम्पूर्णलाई धन्यवाद दिँदै पराजुलीले पार्टीभित्रका तमाम इमान्दार र योग्य अनुज, सहपाठी र अग्रज नेता कार्यकर्तालाई समेत सम्बोधन गरेका छन्। उनले १४ वर्षको राजनीतिक यात्रामा पार्टी र सरकारबाट कुनै लाभ नलिएको तथा कुनै व्यक्ति वा संस्थाबाट १ रुपैयाँ पनि चन्दा नलिएको दाबी गरेका छन्।
‘म एक कार्यकर्ताले जति दिई पार्टीलाई दिएँ अब देशलाई दिने विचारका साथ आजैका मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु!’ पराजुलीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्। यस घोषणासँगै उनले एमालेसँगको आफ्नो लामो आबद्धतालाई टुङ्ग्याएका छन्। उनी नेकपा एमाले निकट अखिलका प्रदेश सहसंयोजक हुन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया