—कास्कीको सुरक्षा सतर्कता कमजोर—
पोखरामा प्रहरीसहित ४ घाइते, २९ आन्दोलनकारी पक्राउ

पोखरा । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र अनियमितताको विरोधमा उत्रेका जेन जी प्रदर्शनकारीले सुरक्षा घेरामा रहेको मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि प्रदर्शन गरेको टोली प्रहरीकै अगाडिबाट प्रदेश प्रहरी कार्यालयको ढोकैमा पुगेका थिए । ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नरोक्नु र प्रशासनले पनि कुनै सजकता नअपनाउँदा मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको हो ।
तोडफोड सुरु भएपछि मात्रै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाकर्मीको संख्या बढाउन आदेश दिएकी थिइन् । तोडफोडसँगै आगजनीको प्रयास हुँदा भित्र रहेका कर्मचारी र सर्वसाधारण त्रसित भएका थिए । उक्त घटनालगत्तै प्रमुख जिल्ला अधिकारीले सहिदचोक आसपासमा निषेधाज्ञा जारी गरिएको थियो । २ बजेबाट निषेधाज्ञा लागु भएको भनिए पनि साढे २ बजेपछि मात्र सूचना अनलाइन र फेसबुकमा राखेको थियो ।
पूर्वतर्फ वाइचोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, कास्की, दक्षिणतर्फः राष्ट्रबैंक चोक र दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइडभित्र निषेधाज्ञा जारी गरिएको हो ।
यो आदेश प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भेला जम्मा भई आमसभा, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने कार्यालयले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका जेन–जी युवा २९ जनालाई प्रहरीले पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रदशनका क्रममा पोखरामा ४ जना घाइते भएका छन् । प्रहरी विकास तिमिल्सिना, प्रदर्शनकारी दिवस घर्ती मगर र रमेश थापा घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्च क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजना घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आन्दोलनकारी युवाहरू मुख्यमन्त्री कार्यालय पुगेपछि प्रहरीसँग मुठभेड भएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याससँगै पानीको फोहरा प्रहार गरेको थियो । सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा पोखराको सभागृहबाट सुरु भएको यो आन्दोलन विभिन्न स्थान हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र सहिदचोकसम्म पुगेको थियो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया