संगम सहकारीको साधारण सभा

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं वार्षिक साधारण सभा भएको छ । सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान र सम्मान गरियो ।
सभाले विभिन्न प्रतिवेदन पास गरेको थियो । संगमले पोखराको रामबजारको प्रधान कार्यालय र न्युरोडमा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । सभामा ज्येष्ठ सेयर सदस्य दीपा थापाले सहकारीको अझै उन्नति प्रगति हुँदै अगाडि बढोस् भनी कामना गरिन् ।
अध्यक्ष नवराज तिवारीले संस्थालाई मुनाफा केन्द्रितभन्दा पनि सेयर सदस्यहरु तथा आम नागरिकबिच विश्वासयोग्य, प्रविधिमैत्री, छिटोछरितो र गुणस्तरीय सेवा प्रदायक साकोसको रूपमा विकास गर्न लागिएको जनाए । लेखा संयोजक भोविन्द्र गिरीले ऋण लगानीतर्फ सामान्य गिरावट आए पनि बचत संकलन, कुल कारोबार र मुनाफामा वृद्धि भएको जनाए ।
सल्लाहकार संयोजक निरज थापाले विषम परिस्थितिमा पनि गण्डकी प्रदेशकै उत्कृष्ट भएकोमा सबैलाई बधाई दिए । सेयर सदस्य कुमारी गुरुङले संगम सहकारीद्वारा महिलालाई लक्षित गरी आयोजना गरिएका स्वास्थ्य शिविर र क्षमता अभिवृद्धिका कार्यक्रमहरु निकै लाभदायक भएको सुनाए ।
कालिका बहुमुखी क्याम्पस पोखरा १४ मा क्रमशः कक्षा ११ र १२ मा अध्ययनरत बागलुङ , निसिखोला ७ का हिमाल विक र पोखरा १९ का रचना सुनारलाई जनही ७ हजार नगद र प्रशंसापत्रसहित संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति प्रदान गरिएको छ । आयुष्मा पन्थी र सुहानी गुरुङले सेयर सदस्य वा तिनका सन्ततिमध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याई संगम योग केसी स्मृति पुरस्कार पाए ।
उनीहरुलाई जनही नगद ५ हजार र प्रशंसापत्र दिइयो । संस्थाकै कर्मचारी एवं सेवा केन्द्र प्रमुख लीलाकुमारी पौडेल कार्कीलाई नगद १० हजार र सम्मान पत्रसहित दीर्घ सेवा सम्मान प्रदान गरियो ।
६६ करोड ३७ लाख वासलात रहेको संस्थामा ४७ करोड ६३ लाख बचत संकलन र ४५ करोड ९० लाख लगानी छ । कार्यक्रममा सचिव धनराज पुरी, कोषाध्यक्ष भरतबहादुर थापा, लेखा संयोजक भोविन्द्र गिरीले पेश गरेको प्रतिवेदन सर्वसम्मत पारित भए । कार्यक्रममा मादी ४ का वडाध्यक्ष एवं सेयर सदस्य शिवप्रसाद सापकोटा, उपाध्यक्ष बुद्धिमान थापा, अक्षयकोषदाताहरु डा नम्रता केसी थापा र सन्ध्या कुँवर, कार्यालय प्रमुख बृहस्पति अधिकारी, सेवा केन्द्र प्रमुख लीलाकुमारी पौडेल कार्की लगायतले बोलेका थिए ।







१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
हिलसाइडमा दिवसीय वार्षिक खेलकुद
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया