स्मृति बरालले गरिन् अनेरास्ववियु परित्यागको घोषणा

पोखरा ।
विद्यार्थी आन्दोलनकी अगुवा स्मृति बरालले अनेरास्ववियु परित्याग गरेर अब देशको झण्डामुनि रहेर मात्र आन्दोलन गर्ने घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेकी हुन्। राज्यले विद्यार्थी आन्दोलनमा गरेको दमनलाई उनले शासकको दम्भको प्रदर्शन भएको बताएकी छन्।
बरालले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, ‘विद्यार्थी आन्दोलन मेरो आन्दोलन हो, मेरो पहिचान हो। आज जुन तरिकाले राज्यले दमन गर्यो, त्यो केवल दमन मात्र होइन शासकको दम्भको खुला प्रदर्शन हो।’ उनले आफू आजसम्म जुन झण्डामुनि रहेर विद्यार्थी आन्दोलनमा सक्रिय रहिन्, त्यो झण्डा छोडेर अब केवल देशको झण्डालाई आत्मसात गर्ने घोषणा गरेकी छन्।
पार्टीको जिम्मेवारीमा रहँदा आफूले सक्ने प्रश्न गरेको र सक्ने जति लडेको पनि उनले बताएकी छन्। उनको अबको आन्दोलन देशकै झण्डामुनि मात्र हुनेछ। बरालले अनेरास्ववियुले आफूलाई एउटा परिचय दिएको भए पनि आज त्यो आफ्नै अस्तित्व जोगाउन असफल भएको उल्लेख गरेकी छन्। उनले विद्यार्थी र युवाको आन्दोलन कुनै संगठनको झण्डामुनि मात्र सीमित नहुने र देशको झण्डा ओढेर पनि आन्दोलन गर्न सकिने तर्क गरेकी छन्।
यसकारण उनले आजको दिनदेखि आफू नेकपा एमाले वा त्यसका कुनै पनि जनवर्गीय संगठनसँग सम्बन्धित नरहेको कुरा स्पष्ट पारेकी छन्।










माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया