जेनजीको आन्दोलनमा घुसपैठ भएको प्रधानमन्त्री ओलीको दाबी
समाधान संवाददाता
२०८२ भदौ २३ गते २१:२७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शनमा बाहिरी तत्वले घुसपैठ गरेको बताएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकमा उनले सो आन्दोलनबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार जेनजीहरूले सुरुवातमा शान्तिपूर्ण र सकारात्मक ढंगले प्रदर्शन गरेका थिए । ‘युवा पुस्ताको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा थियो । हामी संवेदनशील पनि थियौं,’ उनले भने, ‘तर, आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ ।’
प्रधानमन्त्रीले घुसपैठको विषयमा जेनजीहरू आफैंले पनि स्वीकार गरिसकेको बताए । ‘यो कुरा जेनजीले पनि स्वीकार गरेका छन् । त्यही घुसपैठकै कारण युवाको ज्यान गएको हो,’ उनले बैठकमा भने ।
साथै उनले सामाजिक सञ्जाल तत्काल बन्द गर्न सकिने अवस्था नभएको जानकारी पनि बैठकमा दिएका थिए ।
सम्बन्धित







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया