त्रिभुवन विमानस्थलमा भीभीआइपी सवारी व्यवस्थापनका लागि हाइ अलर्ट
समाधान संवाददाता
२०८२ भदौ २४ गते १२:२५

काठमाडौं । जेन–जी आन्दोलन चर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी व्यवस्थापनका लागि हाइ अलर्टमा बस्न निर्देशन दिइएको छ ।
सोमबार भएको आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि मङ्गलबार राजधानीसहित देशभर विरोध प्रदर्शन तीव्र बनेको छ । आन्दोलनकारीले नेताहरूको निजी निवास र पार्टी कार्यालयलाई निशाना बनाउन थालेपछि विमानस्थल प्रशासनले विशेष सतर्कता अपनाउन लगाइएको विमानस्थलका एक अधिकृतले बताए ।
उनका अनुसार नेताहरूले काठमाडौं असुरक्षित ठान्दै तत्काल बाहिरिने सम्भावना देखिएकाले विमानस्थलमा भीभीआइपी सवारी बढ्न सक्ने आकस्मिक स्थितिलाई ध्यानमा राखेर कर्मचारीलाई तयारी अवस्थामा रहन भनिएको हो ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया