स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएपछि प्रदीप पौडेलले भने : निहत्था युवा पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न सकिन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।
राजीनामामा उनले भर्खरै जेन–जी पुस्ताले देशभर गरेको प्रदर्शनको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो पदमा बस्दा नागरिकको जीवन रक्षामा चुनौती उत्पन्न भएको बताएका छन्। उनले भनेका छन्, “हिजो आफ्नै निहत्था युवा पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न सकिन। जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ, त्यही पदमा बसेर राज्यको व्यवहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन।”
पौडेलले युवाको आक्रोशलाई विद्रोह नभई सुधारको अपेक्षा र जायज प्रश्नको रूपमा व्याख्या गर्दै, अहिंसा लोकतन्त्रको प्राण भएको सन्देश दिएका छन्। उनले विधि र पद्धतिले शासन गर्नुपर्ने, असहमतिलाई बल प्रयोगबाट नभई संवादबाट सम्बोधन गर्नुपर्ने आफ्नो राजनीतिक आदर्श उल्लेख गरेका छन्।
राजीनामा पत्रमा उनले आफ्नो कार्यकालभरि सहयोग र विश्वास दिने नेपाली कांग्रेस पार्टी, विज्ञहरू, निर्वाचन क्षेत्र काठमान्डौं–५ का जनसमुदाय तथा स्वास्थ्य क्षेत्रमा दिनरात समर्पित कार्यरत कर्मचारी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद व्यक्त गरेका छन्।
पौडेलले निष्कर्ष निकालेका छन् कि एकातिर घाइतेहरूको उपचार सुनिश्चित गर्नु र अर्कोतिर राज्य संयन्त्रको अंग बनेर त्यसको दमनलाई समर्थन गर्नु—यो नैतिक संकटमा आफू रहन नसक्ने अवस्था हो। त्यसैले उनले स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया