गण्डकीका पूर्व मुख्यमन्त्री पोखरेलको गैंडाकोटस्थित घरमा तोडफोड

समाधान संवाददाता २०८२ भदौ २४ गते १८:३५

पोखरा । आन्दोलनकारीले गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरेलको गैंडाकोटस्थित घरमा तोडफोड गरेका छन् ।

दिउँसो घरमा पुगेको आन्दोलनकारी समूहले घरको माथिल्लो तलामा रहेका सिरक, डसना लगायत लत्ता कपडा बाहिर निकालेर जलाएका छन् । घरका झ्याल, ढोका, पलङसहित पंखा र कुलर समेत उनीहरु आगनमा फालिदिएका थिए ।

तल्लो तलामा भाडामा बस्ने भएकाले आन्दोलनकारी सिधै माथिल्लो तलामा गएर सामान निकालेको प्रत्यक्षदर्शीले बताए । भाडामा बस्नेको परिवारको सामान भने उनीहरुले केही गरेका छैनन् ।

Advertisement

तपाईको प्रतिक्रिया