‘जेनजी’ प्रदर्शनी : पोखरामा व्यापक आगजनी र तोडफोड

समाधान संवाददाता २०८२ भदौ २५ गते १२:३३

पाेखरा ।

पोखरा पछिल्ला दिनहरूमा ‘जेनजी’ नाममा भएका आक्रमण, तोडफोड र आगजनीका घटनाले आक्रान्त बनेको छ। शान्त पर्यटकीय सहर भनेर चिनिने पोखरा हिंसा र आतंकको चपेटामा परेपछि स्थानीय जनजीवन असुरक्षित बनेको छ।

जेनजी समूहसँग जोडिएका घटनामा मेयर धनराज आचार्यको निवासदेखि प्रमुख सरकारी तथा गैरसरकारी कार्यालय, पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान, शैक्षिक संस्था, अदालत, प्रहरी चौकी र व्यक्तिगत घर–घरमा समेत आगजनी र तोडफोड भएका छन्।

Advertisement

पोखरामा ‘जेनजी’ प्रदर्शनीमा मंगलबार भएका तोडफोड र आगजनी
१ मेयर धनराज आचार्यको निवास सहित पोखरा इभेन्ट बुलौदी मा आगजनी
२ भाटभटेनी सुपरमार्केट कर्मचारी भित्र आगजनी र लुटपाट
३ पृथ्वीचोकको सहित लखन थापाको शालिक तोडफोड
४ प्रदेश जलस्रोत मन्त्रालय,
५ जिल्ला प्रशासन कार्यालय आगजनी
६ जिल्ला अदालत कास्की आगलागी
७ लोक सेवा आयोगको कार्यालय आगजनी
८ न्युरोडमा मन्त्री विन्दुकुमार थापाको घर सहित ३ घरमा आगजनी पोखरा ट्रेड महल वगैचा रिजोट समेत जले
९ पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
१० प्रदेश सभा भिमकालिपाटनमा आगलागी
११ यातायात कार्यालय पृथ्विचोकमा आगजनी
१२ विजयपुरमा यज्ञबहादुर थापाको घरमा तोडफोड
१३ गण्डकी विश्व विद्यालय मुस्ताङचोकमा आगलागी
१४ शिक्षा विकास निर्देशनालय वगरमा आगजनी
१५ एनसेलको कार्यालय सिर्जनाचोकमा तोडफोड
१६ प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
१७ इलाका ९वडा० प्रहरी कार्यालय वगरमा पधाडी आगजनी
१८ नेपाल रेडक्रस सोसाइटी उपशाखा १० लगायत वडा कार्यालय १० मा आगजनी
१९ एमाले पार्टी कार्यालयहरू
२० नेपाली काङ्ग्रेस तथा अन्य दलका पार्टी कार्यालयहरू
२१ शिक्षा विकास तथा समन्वय समिति कास्कीमा आगजनी।
२२ परीक्षा नियन्त्रण कार्यालयमा आगजनी
२३ वडा कार्यालय ३,५,८,१२,१३,१४,१५,२५ लगायतका धेरै जसो वडामा आगजनी
२४ विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड
२५ विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा तोडफोड तथा आगजनी
२६ अख्तीयार कार्यलय पोखरा मा आगजनि
२७ नापी कार्यलय कास्की आगजनि
२८ राजीब पहारी को घरमा आगजानी
२९ लेकसाइड का ३ बटा ठुला रिर्जोट आगजनि

Advertisement

तपाईको प्रतिक्रिया